कांग्रेस सरकारमा रहँदा कुशासन किन ?


काठमाण्डु- सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । बिहीवार एनसेल खरिद बिक्री प्रकरणमा भएका अनियमितता विरुद्ध नेविसंघले आन्दोलन गरेको हो ।

पछिल्लो समय एनसेल प्रकरण बाहिर आएको र त्यसको छानबिन समिति औपचारिकतामा सीमित भएको नेविसंघको दाबी छ । आन्दोलनमा सहभागीहरुले भ्रष्टाचारको विरुद्धका प्लेकार्ड बोकेका छन् । साथै उनीहरुले कांग्रेस सरकारमा हुँदा कुशासन किन ? भनेर प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement