काठमाण्डु- न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावललाई सर्वोच्च अदालतको गेटबाट प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार उनले सर्वोच्चमा विरोध प्रदर्शनको प्रयास गरेकी हुन्। तर, उनलाई प्रहरीले गेटबाटै नियन्त्रणमा लिएको छ ।
दुई दिनअघि आरतीले सर्वोच्च गेटभित्रै पसेर आत्मदाह प्रयास गरेकी थिइन् । त्यस्तै यसअघि जिल्ला अदालत काठमाण्डुमा उनले श्रीमान्माथि जुत्ता प्रहार गरेकी थिइन्। आरतीले श्रीमान् भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन्।




प्रतिक्रिया