क्रिक्रेटर आशिफमाथि बलात्कारको उजुरी लिएर एक युवती प्रहरी कार्यालय पुगेपछि…


काठमाण्डु- क्रिक्रेटर आशिफ शेखमाथि बलात्कार आरोप लागेको छ। एक युवतिले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।

आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित युवती महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेकी थिइन् । पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो।

महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ। यता पीडित पक्षले रित पुगाएर सोमबार निवेदन दिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement