सभापति आउजु राणाको गुनासो : सरकारले कृषिमा बजेट दिन कन्जुस्याइँ गर्‍यो

सभापति आउजु राणाको गुनासो : सरकारले कृषिमा बजेट दिन कन्जुस्याइँ गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले सरकारले कृषि क्षेत्रमा पर्याप्त बजेट दिन कन्जुस्याइँ गरेको बताएकी छन् ।

आज शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सभापति राणाले सरकारले कृषिलाई ध्यान दिन नसकेको बताएकी छन् ।

‘रेमिट्यान्सपछि सरकारलाई सबैभन्दा धेरै राजस्व कृषि क्षेत्रबाटै आएको छ तर सरकारले बजेटमा भने कन्जुस्याइँ गर्‍यो । जम्मा ३ प्रतिशत बजेट कृषिलाई छुट्याउँदा शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालयलाई ६–७ प्रतिशत बजेट दिएको छ । कृषिलाई पनि कम्तीमा डबल बजेट हुनुपर्छ,’ उनले भनिन् ।

कृषिमा नयाँ–नयाँ प्रविधि व्यवस्था गरी कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको उनले बताइन् । सीमा नाकाबाट अवैध रूपमा माछा लगायतका वस्तुहरूको खुलारूपमा पैठारी हुने गरेको भन्दै सरकार सचेत हुनुपर्ने उनले बताइन् ।

सभापति देउवाले कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिन आवश्यक रहेको बताइन् । उनले सरकारले उखु उत्पादनलाई पनि विशेष ध्यान दिन निर्देशन गर्ने बताइन् ।