रुकुम घटनाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद विकको माग


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सांसद आशा कुमारी विकले पश्चिम रुकुम घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद विकले घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

‘आशा गर्दछु न्याय हराएको छैन् । मृतकका परीवारले सरकारसँग छोरा फिर्ता मागेका छैनन् । न्याय मात्र मागेका छन् । त्यसैले सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिन सरकारले कुनै कसर बाँकी राख्ने छैन्’, उनले भनिन् ।

त्यस्तै उनले बेपत्ता भएका गोबिन्द शाहीको खोजी गर्न सरकारसँग माग गरेकी छन् । त्यस्तै उनले पीडितलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकषर्ण गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement