ओडिआईमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने आसिफ


काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर आसिफ शेखले पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेका छन् ।

टियु क्रिकेट मैदानमा जारी खेलमा शेखले १०१ बलमा १० चौका र २ छक्काको मद्दतमा शतक प्रहार गरेका हुन् । यसक्रममा उनले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पनि पुर्याएका छन् ।

आसिफले यो सफलता ३२ खेलमा पूरा गरेका हुन् । आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । कप्तान रोहित पौडेल नेपालबाट ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement