रौतहटमा २८ वर्षीय युवकले गरे आत्मदाहको प्रयास, कीर्तिपुर रिफर

रौतहटमा २८ वर्षीय युवकले गरे आत्मदाहको प्रयास, कीर्तिपुर रिफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

उनले मंगलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आगो लगाएका हुन् । घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो।

प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाण्डु रिफर गरिएको प्रहरीले जनाएको छ।

सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।