सर्वोच्च अदालतभित्रै न्यायाधीश गिरीकी पत्नीले आत्मदाह प्रयास गरेपछि….


काठमाण्डु- न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी छन्। आइतबार सर्वोच्च परिसरमा पसेर उनले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने प्रयास गरेकी हुन्।

तत्काल प्रहरीले उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको छ। प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठ सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन्।

भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल खन्याइन् र आगो सल्काउन खोजिन् तर नजिकै रहेका प्रहरीले त्यसो गर्न दिएनन्। त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ। उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन्।

यसअघि जिल्ला अदालत काठमाण्डुमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन्। आरतीले श्रीमान् भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन्।

प्रतिक्रिया दिनुहोस
Advertisement