काठमाण्डु— नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै नियमित आपूर्ति भइरहेको र कुनै पनि किसिमको अभाव नरहेको बताएको हो ।
मासिक औसत खपत ४७ हजार मेट्रिक टन रहेकोमा वर्तमान आकस्मिक माग वृद्धिलाई मध्यनजर गर्दै यस महिनाको आयात परिमाणसमेत बढाइएको छ । साउन १ देखि १८ गतेसम्म मात्रै ३१ हजार ८१६ मेट्रिक टन ग्यास आयात भइसकेको छ ।
नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यास बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म वितरण भइरहेको निगमले जनाएको छ ।
निगमले विक्रेताहरुलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन, खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर रेकर्ड राख्न कडा निर्देशन दिइएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घ रोगीहरूलाई विशेष प्राथमिकतामा राखी ग्यास वितरण गर्न भनिएको छ ।





प्रतिक्रिया