काठमाण्डु – राष्ट्रिय मानवअधिकार आयोगले विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्त नगर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लोकतन्त्रको भावना र संविधानको मर्म विपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरूलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन आयोग नेपाल सरकार लगायत सम्बन्धित निकायलाई निर्देशन गर्दछ ।’
नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेका बेला मानवअधिकार आयोगको विज्ञप्ति सार्वजनिक भएको हो । प्रधानले सहकर्मीमाथि यौन शोषण र दुर्व्यवहार गरेको आरोप छ ।
यस्तो छ आयोगको विज्ञप्ति –
प्रतिक्रिया