अवैध १० लाख रुपैयाँसहित भारतीय हुण्डी कारोबारी पक्राउ


रौतहट – भारतीय हुण्डी कारोवारीलाई रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध १० लाख नेपाली रुपैयासहित दुुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीबल ११ नम्बर हेडक्वाटर गौरका प्रमुख एसपी रबिनराज कर्णजितको कमाण्डमा गएको टोलीले शुुक्रवार दिउसो १ बजे गौर २ मा चेकजाँचको क्रममा सिमावर्ती भारतिय बजार बैरगनियाबाट १० लाख रुपैया लिएर गौरतर्फ आउँदै गरेका दुुईजनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारत बिहार सितामढीस्थित बैरगनिया वडा १४ का चन्दन शिंहका छोरा २१ वर्षीय सन्नीकुमार पटेल र सोही ठाँउका नथुनी जयसवालका छोरा २६ वर्षीय सुुरज जयसवाल रहेको सशस्त्र प्रहरी रौतहटले बताएको छ ।

स्रोत नखुुलेको १० लाख नेपाली रुपैयाँका साथ ३ थान मोबाईल सहित दुुबै जना हुण्डी कारोवारीलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि गत १२ गते सशस्त्र प्रहरी रौतहटको गस्ती टोलीले कटहरिया नगरपालिका ६ बगहीका नवलकिसोर साह र भारत बैरगनियाका सनीकुमारको साथबाट अबैध १९ लाख रुपैया बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement