उद्योग अब्दुल खानलाई दिईने,दामोदरलाई खानेपानी वा वन मन्त्रालय दिने तयारी


काठमाण्डु – जनमत पार्टीका सांसद अब्दुल खानको मन्त्रालय परिवर्तन हुने भएको छ । जनमत पार्टीका अध्यक्ष सिके रावतले उद्योग वा कृषिमन्त्रालयमा आफ्नो पार्टीलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएपछि उनलाई दुई मध्ये एक मन्त्रालय दिने तयारी भएको हो ।

जनमत पार्टीले १३ अर्ब बजेट भएको उद्योग र ५९ अर्ब बजेट भएको कृषि मन्त्रालय आफ्नो पार्टीलाई दिनुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच जनमत पार्टीको माग पुरा गर्ने विषयमा छलफल भएको छ । राष्ट्रपतिको निर्वाचनलाई मध्यनजर गरेर जनमतले मागेको उद्योग वा कृषि मध्ये एक मन्त्रालय दिने तयारी भएको हो ।

एमालेबाट अहिले दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् भने ज्वाला शाहले कृषि मन्त्रालयको जिम्मेवारीमा छिन् । खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएका खानले भने मन्त्रीको शपथ लिएपनि पदभार ग्रहण गरेका छैनन् ।

भण्डारीलाई खानेपानि वा वन मन्त्रालयमा पठाएर खानलाई उक्त मन्त्रालय दिने तयारी छ । तर, त्यसबारेमा भने भण्डारीसंग प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले अहिलेसम्म सल्लाह गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement