एसिसी महिला प्रिमियर कप : कतारविरुद्ध टस जितेर नेपाल फिल्डिङमा

एसिसी महिला प्रिमियर कप : कतारविरुद्ध टस जितेर नेपाल फिल्डिङमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिसी महिला प्रिमियर कप २०२६ अन्तर्गत नेपालले पहिलो खेलमा कतार विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

मलेसियामा जारी प्रतियोगिताअन्तर्गत समूह ‘डी’को खेलमा नेपालकी कप्तान इन्दु बर्माले मलेसियाको कोलालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा नेपालले कतार विरुद्ध फिल्डिङ गरिरहेको छ।

महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल १८ टोली सहभागी छन् ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल भोलि भुटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल आउँदो जेठ २३ गते हङकङसँग खेल्ने तालिका छ।

प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल जेठ २७ गते हुनेछ। त्यसपछि जेठ २९ गते सेमिफाइनल खेलहरू तथा जेठ ३० गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ ।

यस प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनोट हुनेछन् ।