एसीसी महिला इमर्जिङ एसिया कप स्थगित

एसीसी महिला इमर्जिङ एसिया कप स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रीलंकामा हुने तालिका रहेको एसीसी महिला इमर्जिङ एसिया कप स्थगित भएको छ । सोमबार एसियन क्रिकेट काउन्सिल (एसीसी)ले श्रीलंका क्रिकेट बोर्डको प्रस्तावमा अर्को तालिका सार्वजनिक नभएसम्मका लागि प्रतियोगिता स्थगित भएको जनाएको हो ।

श्रीलंकाले प्रतिकूल मौसमको कारण देखाउँदै प्रतियोगिता स्थगित गर्न प्रस्ताव गरेको एसीसीले जनाएको छ । तर, एसीसीले तत्कालका लागि मात्र स्थगित गरिएको जनाउँदै प्रतियोगिताले निरन्तरता पाउने जानकारी दिएको छ ।

‘एसीसी सीप विकास गर्न र उत्कृष्ट लयमा प्रतिस्पर्धा गर्न चाहने महिला क्रिकेटरहरूको निम्ति सधैँ प्रतिबद्ध छ । हामी विभिन्न प्रतियोगितामार्फत एसियामा महिला क्रिकेटरहरूको सपनालाई आकार दिने रणनीतिक महत्त्वको बारेमा सजक छौँ । हामी प्रतियोगिताको नयाँ तालिका छिट्टै सार्वजनिक गर्नेछौँ,’ एसीसीद्वारा जारी विज्ञप्तिमा अध्यक्ष मोहसिन राजा नाक्वीलवे लेखेका छन् ।

यसअघि एसीसीले श्रीलंकामा आगामी जुन ६ देखि प्रतियोगिता आयोजना गर्ने तय गरेको थियो । प्रतियोगिातामा भारत ए, बंगलादेश ए, पाकिस्तान ए, श्रीलंका ए, युनाइटेड अरब इमिरेट्स, नेपाल, हङकङ र मलेसियाले सहभागिता जनाउने तालिका थियो ।