एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई भिड्दै


काठमाण्डु – एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा जारी प्रतियोगितामा नेपाल र यूएईबीचको खेल बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल आजै अपराह्न ४ः१६ बजे हुने तय भएको छ ।

सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आइतबार हुनेछ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement