एसीसी मेन्स प्रिमियर कप : टस जितेर साउदीले ब्याटिङ रोज्यो, नेपाल बलिङमा

एसीसी मेन्स प्रिमियर कप : टस जितेर साउदीले ब्याटिङ रोज्यो, नेपाल बलिङमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपाल र साउदी अरेबिया भिड्दैछ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुएमास ओभलमा साउदी अरेबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले बलिङ गरिरहेको छ ।

नेपाल प्रतियोगितामा लगातार दुई जितसहित बलियो अवस्थामा छ। नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। साउदीलाई हराउँदै नेपाल लगातार तेस्रो जित निकाल्ने योजनामा छ।

समूह ‘ए’ मा नेपाल, साउदी अरब, बहराइन, मलेसिया र हङकङ रहेका छन् ।

यस्तै समूह ‘बी’ मा यूएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले २०२७ को एसिया कपमा स्थान बनाउने भएकाले हरेक खेल महत्वपूर्ण छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि हङकङसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल भदौ २७ गते शनिबार हुनेछ ।