एसीसी प्रिमियर कप: नेपालले आज पहिलो खेल मलेसियासँग खेल्ने


काठमाण्डु – एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दैछ ।

ओमानमा आजदेखि जारी खेल नेपाली समय अनुसार दिउँसो ४ बजेर १५ मिनेटमा सुरु हुनेछ । १० देश सहभागी प्रतियोगितामा नेपालको लक्ष्य उपाधि रक्षा गर्दै एसिया कपमा पुग्ने खाेजीमा हुनेछ।

एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दैछन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् ।

प्रिमियर कपमा नेपाल समुह ए मा रहेको छ । समुह एमा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समुह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल आज अप्रिल १२ मा मलेसियासँग खेल्दै छ भने दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्नेछ । त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्नेछ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्ने छ । नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदखि शुरु हुनेछन् ।

समुह चरणका खेलपछि दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement