एसीसी महिला प्रिमियर कप : नेपालले भुटानलाई दियो ११४ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कप : नेपालले भुटानलाई दियो ११४ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गत नेपालले भुटानलाई ११४ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

क्लालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा भुटानविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित २० ओभरमा अल आउट हुँदै ११३ रन बनाएको हो।

नेपालले पावरप्लेमा ३ विकेटको क्षतिमा ३२ रन बनाएको‌ थियो। नेपालले सुरुवाती विकेट सस्तैमा गुमाउँदा सीता राना मगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी बनाउँदै नेपालको पारी उकासेका थिए। ६७ रन बनाउँदा सात विकेट गुमाएको नेपालका लागि अनुभवी ब्याटरद्वय सीता र रुबिनाले केहीबेर नेपालको पारी सम्हाल्दै नेपाललाई १०० माथिको स्कोरमा पुर्‍याएका हुन्।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ रन बनाइन्। उनले २८ बलमा ६ चौका प्रहार गरिन्। ओपनर ब्याटर सम्झना खड्काले १० रन बनाउँदा सोनी पाख्रिनले १३ रन बनाइन्। रुबिना क्षेत्रीले २४ रन बनाइन् । रिया शर्मा बीसौँ ओभरको अन्तिम बलमा बोल्ड भइन्। मनिषा उपाध्याय सुन्यमा अविजित रहिन्।

भुटानको लागि बलिङतर्फ छिरिङ ग्याङमो र सोनमले ३(३ विकेट लिए। अन्जु गुरुङले २ विकेट लिँदा रित्सी छोडेन, अर रिया प्रधानले १(१ विकेट लिए। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो।