दुर्घटनामा घाइते बाराका प्रजिअ भट्टराईको उपचारकै क्रममा निधन


काठमाडौं – सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारको क्रममा सोमबार निधन भएको छ।

प्रजिअ भट्टराईको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको हो। गत माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिकै उनी सवार ना १ झ १६३३ नम्बरको स्कर्पियो जीप दुर्घटनामा परेको थियो ।

उपचारका लागि काठमाडौँ ल्याइएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल प्रशासन प्रमुख सूर्य प्रसाद अधिकारीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईंले सोमबार दिउँसो भट्टराईको निधन भएको पुष्टि गरे । उक्त दुर्घटनामा सशस्त्र प्रहरी बलको १२ नम्बर गणका प्रहरी उपरीक्षक बलराम पोखरेलको दुर्घटनास्थलमा नै निधन भएको थियो । यता, भट्टराईको परिवारले भने दुर्घटना नियोजित भएको आरोप लगाएका छन्

प्रतिक्रिया दिनुहोस
Advertisement