बाँकेमा माइक्रो बस दुर्घटना हुँदा ११ जनाको मृत्यु,२२ घाइते


काठमाडौं – बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक माइक्रो बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। भारतबाट मजदुरी गरेर  फर्केकाहरुलाई लिएर आउँदै गरेको ना ५ ख ५९९५ नम्बरको यात्रुबाहक माइक्रो बस  दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हाे। २२ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको एसएसपी राजकुमार बैदवारले बताए। उनका अनुसार ११ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन। दुर्घटनामा परी २२ जना घाइते भएका छन्। घाइतेको नेपालगन्ज उपचार भइरहेको छ। गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ। ६ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement