म्यानमारमा सडक दुर्घटनामा २० जनाको मृत्यु


याङ्गुन – म्यानमारको मन्दालाए राजमार्गमा गत महिना भएका सडक दुर्घटनाहरुमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै एकसय १३ जना घाइते भएका प्रहरी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

म्यानमारको सबभन्दा व्यस्त राजमार्गमा मार्च महिनामा मात्र ५१ वटा सडक दुर्घटना भएको बताइएको छ । राजमार्गमा हुने सडक दुर्घटनाहरु प्रायः मानवीय गल्तीका कारण हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

क्षमताभन्दा बढी यात्रु चढाउने, चालकले जथाभावी र उँघेर सवारी साधन हाँक्नेजस्ता कारणहरुले गर्दा दुर्घटना हुने बताइएको छ ।

याङ्गुनको मन्दालाए राजमार्गमा सन् २०१८ भरमा चारसय ७३ वटा दुर्घटना भएको र एकसय ३ जनाको मृत्यु हुनुका साथै आठसय ७७ जना घाइते भएको जनाइएको छ ।

देशको व्यापारिक शहर याङ्गुन र दोस्रो ठूलो शहर मन्दालाए हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement