सिरहामा भ्यान दुर्घटना : एक दर्जन भन्दा बढी यात्रु घाईते, अरुको अवस्था गम्भीर


महेश सिंह महतो
सिरहा –सिरहाको पूर्वपश्चिम राजमार्ग अन्गर्तत धनगढीमाई नगरपालिका–११ सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा दर्जनौं यात्रु घाइते भएका छन् ।

ना ७ ख ५३८२ र ना. ४ ख. ६७४३ नम्बरको यात्रुबाहक बस एक आसपमा ठोक्किएको हो । सो दुर्घटनामा १६ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घाइतेहरुको स्थानीय आरके मेडिसिटी अस्पताल र श्रमजीवी केयर अस्पताल धनगढी ११ मा र लहानको अधिकान्स होस्पितल र किल्निकमा उपचार भइ रहेको छ ।

केहि यात्रुको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले बताएको छ । घाइते मध्येको अधिकांशको खुट्टा र टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement