महाराष्ट्रकाे धुलेमा बस र ट्रक एकापसमा ठोक्कियो, १५ जनाको मृत्यु


एजेन्सी – भारतको महाराष्ट्र राज्यको धुले जिल्लामा आइतबार राति भयानक दुर्घटना भएको छ ।
महाराष्ट्र राज्यले सञ्चालन गरेको बस औरङ्गावादबाट शहादा जाँदै गरेको बससँग एकआपसमा ठोक्किँदा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा ३५ जना भन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नीमगुल गाउँ नजिक दुर्घटना भएको हो । दुर्घटनापछि ठक्करको तीव्रताका कारण ट्रक पल्टिएको र नराम्रोसँग क्षतिग्रस्त भएको थियो ।

बसका चालकको घटनास्थलमा नै ज्यान गएको छ । बसमा कति जना सवार थिए भन्ने बारेमा यकिन हुन सकेको छैन ।

घाइतेहरुलाई अस्पताल लगिएको र मृतकको संख्या बढ्न सक्ने अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement