मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु

मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलङ्गवा सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा २ वटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश–३–०२–००६ प ७८६८ र बा. ५६ प ५२६ नम्बरको मोटरसाइकल ठोकिँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो।

दुर्घटनामा बा. ५६ प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्रदेश–३–०२–००६ प ७८६८ नम्बरको मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका २३ वसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहारीका अनुसार दुवै मोटरसाइकलका चालकलाई प्रहरीले उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल रौतहट पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।

दुर्घटनामा बा. ५६ प ५२६ नम्बरको मोटरसाइकल पछाडि सवार भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साह घाइते भएका छन्।