काठमाण्डु– भारतमा बस र ट्रक ठोकिँदा २० जनाको मृत्यु भएको छ।
भारतको तेलंगानाको रंगारेड्डीमा सोमबार बिहान बस र ट्रक ठोकिँदा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार, तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेटनजिकै ट्रकसँग ठोकिएको हो।
तेलंगानाको मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्री रेवन्त रेड्डीले सडक दुर्घटनामा शोक व्यक्त गरेको बताएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ प्रदान गरिनेछ । यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दिइने जनाइएको छ ।





प्रतिक्रिया