रोल्पा – रोल्पामा तीर्थालु सवार जीप दुर्घटना भएको छ ।
जिल्लाको थवाङ गाउँपालिकास्थित जलजलामा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रुकुमपूर्वबाट शुक्रबार जलजलामा लाग्ने वैशाख पूर्णिमाको मेला भर्ना आएकाहरू जीपमा सवार रहेको बुझिएको इलाका प्रहरी कार्यालय थवाङका प्रमुख प्रहरी निरीक्षक रामचन्द्र बागालेले बताए ।
उनका अनुसार जीपमा १८ जना सवार थिए । घटनास्थलमा उद्धार टोली पुगेको भए पनि भारी वर्षाका कारण उद्धारकार्य प्रभावित भएको छ । भीरबाट खसेको जीप अझै फेला पार्न नसकिएको बगालले बताए ।
उनका अनुसार घटनामा केही हताहती भएको आशंका छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।




प्रतिक्रिया