काठमाण्डु – काठमाण्डुबाट जनकपुरतर्फ जाँदै गरेको बा ३ ख ५०४३ नम्बरको यात्रुबाहक बस धादिङमा दुर्घटनामा परेको छ । बसमा सवार २९ जना मध्ये ११ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ भने अन्य घाइतेलाई स्थानीय स्वास्थ्य संस्था लगिएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दी खोला पुल नजिक बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो




प्रतिक्रिया