दैलेख दुर्घटना : पाँच जनाको सनाखत

दैलेख दुर्घटना : पाँच जनाको सनाखत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखले उनीहरूको सनाखत भएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ।

गाडीमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझिगाउँका चालक तुलाराम सुबेदी, सोही ठाउँका सहचालक रामप्रसाद सुबेदी, कालिकोट रास्कोट नगरपालिका –२ खड्कागाँउका सिर्जना खड्का र कालिकोट पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा र जेखे तिरुवा छन् ।

जेखे तिरुवाको आफन्तले शव बुझिसकेका छन् । गाडीमा थप यात्रु सवार थिए वा थिएनन् भनेर सम्बन्धित निकायहरुसँग समन्वय गरी आवश्यक अनुसन्धान तथा विवरण संकलन कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीयवासी तथा विभिन्न जिल्लाबाट परिचालित उद्धार टोलीले नदी किनार र सम्भावित स्थानहरूमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।