काठमाण्डु – महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ बालबालिका घाइते भएका छन्।
प्रहरीका अनुसारइमली बजारबाट गौशालातर्फ जाँदै गरेको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ का करिब ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ बालबालिका घाइते भएका छन्। यस्तै गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय छोरा प्रतिक कुशवाहा र ८ वर्षीय छोरा प्रज्वल कुशवाहा, १३ वर्षीया छोरी प्रिति कुशवाहा घाइते भएका छन् ।
यस्तै, गौशाला–९ निवासी शेख जावेदका १३ वर्षीय छोरा उमर शेख, गौशाला–११ निवासी रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा घाइते छन् ।
घाइतेमध्ये १ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीलेले जनाएको छ।
घाइतेहरूको गौशालास्थित बिके अस्पताल तथा स्थानीय पोलिक्लिनिकहरूमा उपचार भइरहेको छ ।




प्रतिक्रिया