भिरबाट बस र भ्यान खसे, पाँच जना घाइते

भिरबाट बस र भ्यान खसे, पाँच जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खसेका छन् ।

टोखा–छहरे सडकखण्डमा काठमाण्डुबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बाप्र०८–१ ख ००५२ नम्बरको बस र बाप्र ०३-००१ ज ११७६ नम्बरको खाली इभी भ्यान भिरमा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा बसमा रहेका पाँच जना महिला घाइते भएका छन् । घाइते हुनेहद्रमा बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापति, रामेछाप खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री, सर्लाही लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाण्डु काडाँघारी बस्ने २५ वर्षीया सुजाता पोखरेल, बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मैलुङ गाउँपालिका–६ घर भई हाल काठमाण्डु काडाँघारी बस्ने ६० वर्षीया जानु श्रेष्ठ छन् ।

खाजा खान सडक छेउमा रोकेको बस आफैं गुडेर भ्यानलाई ठक्कर दिंदा दुर्घटना भएको हो । बसको ठक्करपछि बस र भ्यान सडकबाट करिब ३०–४० मिटर तल खसेको थियो ।