काठमाण्डु– मकवानपुरको भीमफेदीमा स्कारपिओ दुर्घटना भएको छ । काठमाण्डुबाट हेटौँडा जाँदैगरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ जुरिखेतमा दुर्घटनामा परेको हो ।
स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेको छ ।
दुर्घटनामा परी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित २ महिला र ४ पुरुष घाइते भएका छन् ।
गाडीमा मुख्य न्यायाधीश र उनका पारिवारिक सदस्यहरू रहेको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोलीसमेत घटनास्थल पुगेको थियो ।
उनीहरुलाई हेटौँडा अस्पतालमा पुर्याइएकोमा थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डु ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नामावली:-
१. चालक: दाङ, राप्ती नगरपालिका–८ बस्ने अन्दाजी ३२ वर्षीय छुनिलाल चौधरीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।
२. मुख्य न्यायाधीश: दाङ, तुलसीपुर उपमहानगरपालिका–९ बस्ने अन्दाजी ५७ वर्षीय गोकर्ण डाँगीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।
३. रजिस्ट्रार: बैतडी, दशरथचन्द नगरपालिका–७, सुर्काल बस्ने अन्दाजी ५१ वर्षीय तारादत्त बडुको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।
४. लक्ष्मी बडु (पत्नी): अन्दाजी ४९ वर्षीया लक्ष्मी बडुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ।
५. रितेन्द्र बडु (छोरा): अन्दाजी २५ वर्षीय रितेन्द्र बडुको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।
६. रिता बडु (दिदी): अन्दाजी ३१ वर्षीया रिता बडुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।




प्रतिक्रिया