मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –०२ सुकौरामा ईभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
यात्रुबाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित ४ जनाको मृत्यु भएको हो ।
मंगलबार दिउँसो करिब २ बजे काठमाण्डुबाट वीरगञ्जतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०७२० नम्बरको यात्रुबाहक ईभी गाडी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटना भएको छ ।
दुर्घटनामा परी मृत्यु हुने चारै जना पुरुष रहेका छन् भने घाइतेहरूमध्ये २ जना महिला र २ जना पुरुष रहेका छन् ।




प्रतिक्रिया