बझाङमा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु

बझाङमा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बझाङको बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० बस्ने राजमति महरा, तारा महरा र डल्ली महरा छन्। अटोमा चालकसहित ४÷५ जना सवार रहेको बुझिएको छ ।

प्रहरीका अनुसार खटिएकोमा घटनास्थलको बीच भिरमा तीन जनाको शव फेला परेको छ ।