गाउँपालिका अध्यक्षको गाडी दुर्घटनामा निधन


काठमाडौं – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा निधन भएको छ ।

आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका शर्मा चढेको गाडी बर्दघाटमा दुर्घटनामा परेको हो ।

दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैंले चलाएका थिए । साइकललाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भएको हो ।

उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement