बाँके दुर्घटनामा घाइते र मृतकको स्वाब संकलन, सेना र प्रहरीको पनि कोरोना परीक्षण हुँदै


काठमाडौं – बाँके हायस दुर्घटनामा घाइते र मृतकको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीसहित मृतक १२ र घाइते भएका १२ जनाको स्वाब संकलन गरेर पीसीआर विधिबाट कोरोना परीक्षण हुने भएको हो ।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीपनि खटिएको जानकारी दिए ।

भारतबाट मजदुरी गरेर फर्केकाहरुलाई लिएर आउँदै गरेको ना ५ ख ५९९५ नम्बरको यात्रुबाहक माइक्रो बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको एसएसपी राजकुमार बैदवारले बताए ।

दुर्घटनामा घाइतेहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement