झापा – पूर्व–पश्चिम राजमार्गको झापाको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा सोमबार बिहान सवारी दुर्घटनामा हरिप्रसाद सिटौलाको निधन भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको मे ४ प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय सिटौला गम्भीर घाइते भएका थिए ।
टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले जाँच गर्दा सिटौलाको मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया