कांग्रेसमा दिउँसो साढे २ सम्म ३ हजार ७५४ मत खस्यो, ५ बजेसम्म भोट गर्न पाइने

कांग्रेसमा दिउँसो साढे २ सम्म ३ हजार ७५४ मत खस्यो, ५ बजेसम्म भोट गर्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खसेको छ।

कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये अहिलेसम्म ५१.३ प्रतिशतले मतदान गरेका छन्।

निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी छ।

प्रतिनिधिहरूको लामो लाइन रहेपछि समितिले दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदान समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याएको छ।

दिउँसो २:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३ जनाले मतदान गरेका छन्। मधेसमा १ हजार २३४ मध्ये ५९० र लुम्बिनीमा १ हजार ७९ मध्ये ५७९ जनाले मत खसालेका छन्।

त्यस्तै, गण्डकीमा ७८७ प्रतिनिधिमध्ये ५०७ र बागमतीमा १ हजार ४९१ मध्ये ७३२ जनाले मतदान गरेका छन्।

सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका कुल २ हजार ४५७ प्रतिनिधिमध्ये ७३३ जनाले मतदान गरेका छन्। निर्वाचन समितिले मतदान प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको जनाएको छ।