म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका(४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१(००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका(४ निवासी ३५ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका(३ का ३० वर्षीय राजेश घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सार्कीको शव परीक्षणका लागि धौलागिरि अस्पताल, बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।




प्रतिक्रिया