फाेहाेर बाेक्ने ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु


काठमाडौँ–  उपत्यकाबाट फोहोर बाेकेर गएकाे ट्रकले ठक्कर दिँदा ककनी गाउँपालिका–२ का ४९ वर्षीय पदम बलामीको घटनास्थलमै मृत्यु भएकाे छ । बलामीकाे मृत्यु भएपछि ओखरपौवाका स्थानीयले सडकमा प्रदर्शन गरिरहेकाे स्थानीय समिर बलामीले जानकारी दिए ।
काठमाडौँ उपत्यकाको फाहोर सिसडोल ल्याण्डफिल साइड पुर्याउने क्रममा बिहान तीनपिप्ले–सिसडोल सडक खण्डमा ठक्कर दिएको र बलामीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक यमप्रसाद लामिछानेले बताए।

दुर्घटनालगत्तै उपत्यकाबाट फोहोर बोकेर सिसडोल पुगेका ट्रक तीनपिप्लेबाटै फर्किएका छन् भने फोहोर फालेर फर्किएका गाडी बाटैमा रोकिएका छन् । फोहोरका गाडी बाटैमा अलपत्र परेपछि काठमाडौँ उपत्यकाको फोहोर उठ्न ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement