बैंकर झपड बोहरा अछामबाट प्रत्यक्षमा प्रदेशसभाका लागी सिफारीस


काठमाडौं– विकास बैंक संघका पुर्व अध्यक्ष झपड बोहरा प्रदेश सभामा प्रत्यक्षबाट चुनाव लड्ने भएका छन् । माओवादी केन्द्र अछामले आइतबार उनलाई अछाम प्रदेश १ ख बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागी सिफारीस गरेको छ ।

 

 

 

बैंकर बोहरासहित माओवादी अछामका नेताहरु दिपक साउद र खगेन्द्र बहादुर रोकायाको नाम पनि प्रदेशसभाको लागी सिफारीस भएको छ ।

 

 

 

 

त्यसैगरी, क्षेत्रनम्वर १ को क निर्वाचन क्षेत्रवाट अक्कल रावल, खडक भण्डारी, जानकी साउद, डण्डी सञ्ज्याल, दल बहादुर बिसी, पैले दमाई, पुष्प न्यौपाने, राम बहादुर बिक र शेर बहादुर बुढाको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्रनम्वर २ कै ख निर्वाचन क्षेत्रमा तपेन्द्र भण्डारी, बम बहादुर रावत र भक्त बोगटीको नाम सिफारिस भएको जिल्ला संयोजक  झपड् साउदले जानकारी दिनुभयो ।

 

 

माओवादी केन्द्र अछामले गठबन्धनका कारण प्रदेश सभा तर्फ क्षेत्रनम्वर १ को क  निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फका उम्मेद्धार सिफारिस गरेको छैन भने संघिय संसदका लागि २ वटै निर्वाचन क्षेत्रमा उम्मेद्धार सिफारिस गरेको छैन ।

 

 

 

 

संघिय संसदका लागि अछामका २ निर्वाचन क्षेत्रमध्ये क्षेत्रनम्वर २ माओवादी केन्द्रले पाउने सम्भावना पनि रहेकाले त्यस्तो अवस्था आएमा प्रदेश सभा तर्फ सिफारिस भएका नेताहरु मध्येवाटै उम्मेद्धार छनौट गरिने माओवादी केन्द्रले जनाएको छ ।

 

 

बैंकर बोहरा माओवादीका केन्द्रिय सल्लाहकार समिती सदस्य समेत हुन । उनि विगत एक दशकदेखी माओवादी केन्द्रमा सक्रिय छन् । बोहरा गत वैशाखमा सम्पन्न स्थानिय निकायको चुनावमा समेत अछाममा अहोरात्र खटेका थिए ।

 

 

 

 

बोहरालाई टिकट दिन अछाममा माओवादीका स्थानिय नेता–कार्यकर्ताले पार्टी नेतृत्वलाई दबाव दिएका छन् । बोहरालाई अछाम जिल्ला पार्टीले एक नम्वरमा नाम सिफारीस गरेको छ । उनि बैंकिङ क्षेत्रमा विज्ञका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement