अछामकाे मेल्लेख गाउँपालिकामा जीप दुर्घटना हुंदा दुईको मृत्यु, पांच घाइते


अछाम – अछामको साँफेवगरबाट मेल्लेख गाउँपालिकाको कस्कोटको लागि छुटेको यात्रुवाहक जीप नन्देगडा बजार नजिकै दुर्घटना हुंदा २ जनाकाे मृत्यु भएकाे छ । साँफेवगरबाट मेल्लेख जादै गरेको से १ ज ९८६ नम्वर को जीप दुर्घटना भएको हो।

दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ।भने ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउद सोही ठाउँका किथ्थी साउद रहेको प्रहरीले जनाएकाे छ। दुर्घटना के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement