बाफलमा युवतीलाई एसिड हान्ने दुई जना पक्राउ


काठमाण्डु – काठमाण्डुको बाफलमा एक जना युवतीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेकाे  छ।

रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिक पक्राउ परेका हुन् ।

उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुङ्गा स्थायी घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।

कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।

उनीहरुलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले डल्लुबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement