बाफलमा युवतीमाथि एसिड प्रहार


काठमाण्डु – काठमाण्डुको बाफलमा एक जना युवतीमाथि एसिड प्रहार भएको छ ।

ओखलढुङ्गा स्थायी घर भएकी २२ वर्षीय युवतीमाथि बाफलमा एसिड प्रहार भएको हो । एसिड प्रहार गर्ने युवा फरार रहेको र खोजी कार्य जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले बताए ।

एसिड प्रहारबाट घाइते युवतीलाई कीर्तिपुर अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement