विश्वविद्यालयका ऐन संशोधनको तयारीमा शिक्षा मन्त्रालय, उपकुलपतिहरूसँग परामर्श

विश्वविद्यालयका ऐन संशोधनको तयारीमा शिक्षा मन्त्रालय, उपकुलपतिहरूसँग परामर्श

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा तथा खेलकुद मन्त्रालय केही संघीय विश्वविद्यालयका ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्न लागेको छ ।

विधेयकको तयारीका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले मंगलबार सबै संघीय विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरेको छ ।

छलफलमा सम्बन्धित विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधनका विषयमा सुझाव तथा राय लिइएको मन्त्रालयले जनाएको छ । विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार लगायतका विषयमा समेत छलफल भएको थियो ।

समसामयिक आवश्यकता र बदलिँदो परिस्थितिअनुसार विश्वविद्यालय सम्बन्धी कानुनी व्यवस्थालाई परिमार्जन गर्ने विषयमा पनि सहभागीबाट सुझाव तथा राय संकलन गरिएको मन्त्रालयले जनाएको छ ।

विश्वविद्यालयका ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्दा सम्बन्धित विश्वविद्यालयका नेतृत्वबाट प्राप्त सुझाव तथा रायलाई समेट्ने उद्देश्यले छलफल आयोजना गरिएको मन्त्रालयको भनाइ छ ।