भारतीय सैनिकहरूको सम्मानमा अजय देवगणले फिल्म बनाउने


एजेन्सी – बलिउडका अभिनेता अजय देवगणले गलवान क्षेत्रमा भएको घटनाको विषयलाई लिएर फिल्म बनाउने भएका छन् ।

१५ जुन २०२० मा भारत र चीनका सैनिकहरूबीचको झडपमा २० जना भारतीय सैनिकको निधन भएको घटनालाई अजयले फिल्ममा उतार्ने बताएका छन् ।

अजयले २० सैनिकले देशका लागि कसरी लडे र उनीहरू शहीद भए भन्ने विषयमा चलचित्र बनाउन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अजय देवगण फिल्मस् र सेलेक्ट मिडिया होल्डिङ्स एलएलपीले मिलेर भारतीय सैनिकहरूको सम्मानमा उक्त फिल्म बनाउन लागेका हुन् ।

अजय अभिनिते चलचित्र ‘भुज’ डिजिटल रिलिजको तयारीमा छ । चलचित्रका लागि कलाकारहरू भने फाइनल भइसकेका छ्रनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement