कलाकार प्रमोद अग्रहरीले गरे अस्पताललाई ३० थान अक्सिजन सहयोग


काठमाण्डु – कलाकार प्रमोद अग्रहरीले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । उनले परासी युवा समूहको व्यवस्थापनमा नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् ।

कलाकार अग्रहरीले अस्पतालमा उपचार गराईरहेका कोभिडका बिरामीले अक्सिजनको अभाव भोग्नु नपरोस् भनेर उक्त सहयोग गरेको काठमाण्डुपाटीलाई जानकारी दिए । ‘अहिले सर्वसाधारण अप्ठ्यारोमा छन् । यस्तो बेला केही राहत होस् भनेर मैले सकेको सहयोग गरेको हो’ उनले भने ‘आगामी दिनमा पनि सकेको सहयोग गर्छु ।’

उनले महामारीको यो विषम परिस्थितिमा सबैलाई मिलेर सहयोग गर्न समेत आग्रह गरेका छन् । अग्रहरी फिल्म पर्दामा डरलाग्दा भिलेनको रुपमा चर्चित छन् ।

उनले उमा, सुन्तली, संरक्षण, जाइरा, कथा काठमाण्डू जस्ता फिल्ममा अभिनय गरेका छन् । दर्जनौ नेपाली चलचित्रमा अभिनय गरेका अग्रहरीले उत्कृृष्ट खलपात्रको राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement