कपिल शर्मालाई पुत्री लाभ


नयाँ दिल्ली – हास्य कलाकार कपिल शर्मा र उनकी धर्मपत्नी गिनी चाट्रालाई पुत्री लाभ भएको छ । टेलिभिजन शोका संचालक कपिलले ट्वीटरमा आफ्नो प्रशंसकमाझ आपूmलाई पुत्रीलाभ भएको समाचार सेयर गरेका छन् ।

“हामीलाई पुत्रीलाभ भएको छ । तपाईको आशिर्वादको आवश्यकता छ । सबैमा माया छ । जय माता दी,” उनको ट्वीटमा उल्लेख छ । कपिल र गिनी कलेज जीवनदेखिनै एक अर्कालाई चिन्दै आएका थिए ।

उनीहरुले २०१८ को डिसेम्बर १२ मा जालान्धरममा हिन्दु परम्परा अनुसार लगनगाठो कसेका थिए । विवाहपछिको अर्को दिन उनीहरुले आनन्द काराज उत्सव मनाएका थिए । उनीहरु कलेज जीवनदेखिकै सम्पर्क्रमा रहेपनि फरक सामाजिक स्तरका कारण उनीहरुको सम्बन्ध अगाडि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement