नेपालका दुई वटा परियोजनाका लागि एडिबीको १५० मिलियन अमेरिकी डलर सहायता

नेपालका दुई वटा परियोजनाका लागि एडिबीको १५० मिलियन अमेरिकी डलर सहायता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ नेपालका दुई वटा परियोजनाका लागी एसियाली विकास बैंक (एडिबी)ले १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ।

अर्थ सचिव डा. राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सोमबार अर्थ मन्त्रालयका एक कार्यक्रमका बीच नेपालको ग्रामीण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रशारण लाईन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो।

१ सय ३० मिलियन अमेरिकी डलर ग्रामीण खानेपानी तथा सरसफाई परियोजना र २० मिलियन अमेरिकी डलर विद्युतीय प्रशारण लाईन परियोजनाका लागि खर्च हुने गरी एडीबीले ऋण सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थ सचिव खनालले जानकारी दिए।

एडिबीले नेपालको आर्थिक तथा सामाजिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ। त्यस अवसरमा अर्थ सचिव खनालले नेपालको गरिबी निवारणमा एडिबीले पु¥याएको योगदानको खुलेर प्रशंशा गरेका थिए।