अध्यक्ष प्रचण्डले हेटौंडावासीलाई ढुक्क बनाउँदै भनेः ‘३ नं प्रदेशको राजधानी दायाँबायाँ कतै सर्दैन’


हेटौंडा-  माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ नं प्रदेशको राजधानी हेटौंडाबाट नसर्ने बताएका छन् । उनले राजधानीको लागि हेटौंडा नै उपयुक्त भएकाले दायाँबायाँ नसर्ने दाबी गरेका हुन् ।

हेटौंडा-१० स्थित गोरक्षश्वर धाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले  भने, ‘३ नं प्रदेशको राजधानी हेटौंडा नै उपयुत्त छ । यो अब दायाँबायाँ कतै सर्दैन । ‘

हेटौंडावासीलाई राजधानी कतै नसर्नेमा विश्वस्त हुन आग्रह पनि गरे ।

अध्यक्ष प्रचण्ड मंगलबार अपरान्ह माओवादी कार्यकर्ता रामकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न  हेटौंडा अस्पताल पुगेका थिए । क्यान्सर रोगबाट पीडित श्रेष्ठ मंगलबार हेटौंडा अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement