काठमाण्डु-एएफसी च्यालेन्ज लिगअन्तर्गत भुटानको पारो एफसीसँग नेपाली टोली चर्च ब्वाइज युनाइटेड पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो ।
जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ ।
जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा खेल जित्न भने सकस परेको थियो ।
नेपालको चर्च ब्वाइज युनाइटेड क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो ।
प्रतिक्रिया